जुम्लाको सिंजा धिताललिहीमा बिजुली सर्ट हुँदा एक घरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

जुम्लाको सिंजा धिताललिहीमा बिजुली सर्ट हुँदा एक घरमा आगलागी

सपना रावत,

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-३ धिताललिहीमा आगलागी भएको छ । शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको मनप्रसाद धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

साँझ, करिब साढे दश बजेको समयमा हो, हामी खान खायर सुतेको थियौं, आगलागी पीडीत धितालले भने, ‘घरमा अरु दुई जना पनि भाडामा बसेका थिए । बिजुलीको तार सर्ट भएर आग्लागी हुँदा आठ कोठा पुर्णरुपमा जलेर नष्ट भएका छन्।’

समयमै गाँउलेहरु र नराकोट प्रहरी चौकीबाट प्रहरीहरु पुगेर रातभरि कडा मिहनतका साथ आगो निभाउँदा मानवीय क्षति हुन नपाएको स्थानीय पूर्ण धिताले बताए।

‘उद्वारकार्यमा जुट्ने स्थानीय र प्रहरी जुटेका थिए, उनले भने, पुनःस्थापनाका लागि सरकार, संघ संस्था र उच्च मानवीय भावना भएका महानुभावको खाँचो छ ।’ पीडित धितालका अनुसार घरको केही काठ र ढुंङगा मात्रै बाँकी छन् ।

उनले भने, ‘मेरो घरमा ८ जनाको परिवार छ । लकडाउनको समय भएकाले आर्यआर्जन गर्ने ठाउँ छैन । घरमा भएको अन्नपात सबै जलिसक्यो । कसैले हाम्रो लागि गाँस, बाँस र कपासको सहयोग गरिदिए आभारी हुनेछु ।’

डिएसपी दानबहादुर थापाका अनुसार नराकोट प्रहरी चौकीको प्रहरीको टोली घटनास्थालमा गएर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

‘तत्काल मुचुल्का उठायर क्षतिको विवरण यकिन गरी पठाउन भनेको छु, उनले भने ‘त्यहाँका स्थानीयका अनुसार ठुलो क्षति भएको भन्ने छ, तर क्षतिको यथार्थ विवरण प्रहरीको मुचुल्का पछि मात्रै थाहा हुनेछ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);