ओलीनिकट सवै मुख्यमन्त्रीको सरकार ढल्ने उपेन्द्रको चेतवानी | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

ओलीनिकट सवै मुख्यमन्त्रीको सरकार ढल्ने उपेन्द्रको चेतवानी

काठमाडौँ। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री भएको सरकार सवै ढल्ने चेतवानी दिएका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बोलोएको सर्वदलीय बैठकमा सहभागी भएपछि यादवले पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री निकट सवै मुख्यमन्त्रीको सरकार ढल्ने चेतवानी दिएका हुन् ।

अध्यक्ष यादवले लोकतन्त्रलाई जोगाउनका लागि आफू जस्तो सुकै कार्य गर्नमा नचुक्ने बताउदै अहिलेको आफूहरुको आस्था भनेको सर्वोच्चमा निहित भएको स्पष्ट पारे । पहिला पनि आफूहले सर्वोच्चमा राखेको आस्था फेल नखाएकाले यो पटक पनि सर्वोच्चले संसद पुनसर््थापना गर्नेमा आफु ढुक्क रहेको उल्ले गरे ।

त्यस्तै पत्रकारले नागरिकता अध्यादेश सम्बन्धी के भन्नुहुन्छ भनि गरेको प्रश्नको जवाफमा उनले भने,नागरिकता विधेयकलाई सरकारले संसद्बाट पारित गराएर नागरिकताबाट वञ्चित रहेका नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको प्रमुख दायीत्व भएको बताए । त्यस्तै, यादवले जसपाबाट केही मान्छेले विधान उल्लंघन गरेको भन्दै आफूहरुलाई निष्कासित गरेपनि पार्टी एउटै रहेको तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);