काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भई शरीरमा अक्सिजनको कमी भएपछि गएको जेठ १२ गते श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो ।
दुई सातादेखि ह्याम्स अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । गायक श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आए पनि कोरोना संक्रमणमुक्त भने भएका छैनन् ।
उनलाई चिकित्सकहरुले होम आइसोलेशन मै बस्न सुझाएका छन् ।