सुनसरीको वराहक्षेत्र स्थित सालवनी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनसरीको वराहक्षेत्र स्थित सालवनी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण शुरु

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ८ स्थित रामधुनी सामुदायिक वन सालवनी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण शुरु भएको छ । ७ बिघा क्षेत्रफल छुट्याइएको औद्योगिक क्षेत्रका लागि घरेलु तथा साना उद्योग मन्त्रालयबाट ९२ लाख रुपैयाँ विनियोजन भएर काम शुरु भइसकेको छ ।

औद्योगिक क्षेत्रभित्र ठूला, मझौला र साना उद्योग गरी तीन भागमा वर्गीकरण गरिने छ । दलहन, तेलहन, मकै, धानलगायतका कृषिजन्य उत्पादनका उद्योगलाई प्रोत्साहित गरिने छ । मकैबाट दाना उत्पादन गर्ने उद्योगहरु स्थापना गर्नका लागि यो क्षेत्र बढी उपयुक्त रहेको स्थानीयले बताए ।

औद्योगिक क्षेत्रलाई नगरको गौरवको योजनाका रुपमा विकास गरिने नगरपालिको योजना रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);