काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।