काठमाडौं, ३ कार्तिक । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन्।
७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ। प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ।





