पदमुक्त मन्त्री सोनलद्धारा आफुले प्रयोग गर्दे आएको गाडी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

पदमुक्त मन्त्री सोनलद्धारा आफुले प्रयोग गर्दे आएको गाडी फिर्ता

जनकपुरधाम । प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् । पूर्वमन्त्री सोनलले सोमबार बिहान मन्त्री क्वाटर छाडेका हुन् ।

मन्त्री क्वाटर छाडेलगतै उनले आफूले चढ्दै आएको सरकारी गाडी समेत सरकारलाई फिर्ता गरेको छन् । क्वाटर छाडनेक्रम्मा पूर्व मन्त्री सोनलले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिदैँ भने,‘सरकारमा सवा तीन वर्ष बसेर जनताको सेवा गर्ने मौका पाए, मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने छु ।’

पूर्व मन्त्री समेत रहेका सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए। आइतबार मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगै भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।

Leave a Reply