भारतमा बालबालिकाको लागि कारोना विरुद्धको खोपको दाेस्रो परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

भारतमा बालबालिकाको लागि कारोना विरुद्धको खोपको दाेस्रो परीक्षण सुरु

एजेन्सी । भारतको दिल्लीमा आजदेखि कोरोना विरुद्धको खोप ट्रायलका लागि बच्चाहरुको समेत परीक्षण सुरु गर्ने भएको छ ।

अल इण्डिया मेडिकल इन्स्टिचुट अफ मेडिकल साइंसेज एम्सले आजदेखि बच्चाहरुमा भारतमा निर्मित कोभिड–१९ को भ्याक्सिन कोभाक्सिनको क्लिनिकल परिक्षण सुरु गर्ने तयारी गरेको हो । एम्स पटनाले पनि गत हप्तादेखि त्यतै खालका परिक्षणहरु भारत बायोटेकका १२ देखि १८ वर्षका बच्चाहरुमा सुरु गरीसकेको छ ।

बच्चाहरुमा परिक्षणको अनुमति भारतको ड्रग कन्ट्रोलर जनरलले मे ११ मा दिएको थियो । अन्तराष्ट्रिय समाचार माध्यमहरुमा अनुसार भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया डीसीजीआइबाट अनुमति पाए पछि एम्स दिल्लीले वास्तिविक परिक्षण सुरु गर्नु अघि स्क्रिनिंग प्रक्रिया सुरु गरिरहेको छ ।

भारत बायोटेकको खोपले मे ११ मा डीसीजीआइबाट बच्चाहरुमा क्लिनिकल परिक्षण गर्न अनुमति पाएपछि गत मंगलवारबाट एम्स पटनाले कोभाक्सिनका लागि बालबालिकामा परिक्षण सुरु गरेको हो । १२ देखि १८ वर्ष उमेर समूहको परिक्षणपछि ६ देखि १२ वर्ष र त्यसपछि २ देखि ६ वर्ष उमेर समूहमा गरिनेछ ।

भारतले यस वर्षको जनवरी १६ मा विश्वको सबै भन्दा ठूलो खोप अभियान सुरु गरेको थियो । स्वास्थ्यकर्मीहरुलाई पहिला खोप लगाएपछि चरणबद्ध रुपमा फ्रन्ट लाइनरहरुलाई फरवरी २ बाट खोप लगाउन सुरु गरिएको थियो भने मार्च १ देखि कोभिड–१९ को दोस्रो चरणको खोप ६० वर्ष माथिका र ४५ वर्ष माथिका उमेर समूहलाई लगाईएको थियो त्यसैगरि मे १ बाट १८–४४ वर्ष उमेर समूहलाई खोप लगाईएको थियो ।

भारतमा कोभिड–१९ का तीन भयाक्सिनहरु छन् – भारत बायोटेकको कोभाक्सिन, एस्ट्राजेनेकाको कोभिसिल्ड र रसियाको स्पुतनिक भी जस मध्ये कोभाक्सिन र कोभिसिल्ड भारतमै निर्माण भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);