नाकाबन्दी हटाएकोमा विशेष स्वागत | ईमाउण्टेन समाचार

Our Network

पुष १८ २०८१, बिहीबार

काएरो, ३ कार्तिक । अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ। उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो । विगतका बर्षहरुमा मानवअधिकार हनन्का कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो। सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो।

पछिल्ला बर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो। यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन्। सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारीगर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ।

विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको छ। सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दीको विरोध गर्दै आएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);