सरकारमा बस्ने मान्छे लुरे होइन अडानमा बस्नुपर्छ : नारायणमान बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

सरकारमा बस्ने मान्छे लुरे होइन अडानमा बस्नुपर्छ : नारायणमान बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमालेभित्रको घर झगडा अराजनीतिक भएको बताएका छन् । हरेक बिहीबार राति ९ बजे माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘अतुल्य’का लागि पत्रकार तीर्थ कोईरालालाई अन्तरवार्ता दिँदै बिजुक्छेले एमालेको आन्तरिक विवादका कारण महामारी बढाउन थप टेवा पुर्याएको बताए ।

अध्यक्ष बिजुक्छेले सरकारमा बस्ने मान्छे लुरे नभई अडान लिन सक्नुपर्ने भन्दै वर्तमान अवस्थामा सरकारले जनताप्रति उतरदायी हुने काम गर्न सुझाव दिएका छन् । उनले भनेका छन, ‘‘कोभिडको समयमा सवैभन्दा पहिले देश र जनतालाई जोगाउनेतिर लागौँ, अरु कुरा त पछि गर्दे गरौंला”। उनले फरक प्रसंगमा कटाक्ष गर्दे भने विश्वमा पुँजीवाद कोभिडका कारण असफल हुने खतरामा रहेको भन्दै ‘‘मलाई त्यो देश देखाइ देऊ जहाँ पुँजीवादी व्यवस्थाबाटै समाजवाद आयो”। त्यस्तै, उनले .पार्टीभित्रको मतभेद बाहिर ल्याउन हुँदैन, ल्याउने भए बेग्लै पार्टी चलाउनुपर्छ भन्दै अन्य दलहरुलाई सुझाव समेत दिएका छन्।

अध्यक्ष बिजुक्छेले थपेका छन, ‘‘कम्युनिस्ट पार्टी हो भने नीति तथा सिदान्तमा झगडा हुनुपर्ने ,तर यहाँ त केवल कुर्सीका लागि मात्र झगडा भएको छ ” । उनले सरकार र प्रतिपक्ष कांग्रसमाथि आक्रोस पोख्दै भन्दै भने ,‘‘सरकार गुणदोषमा प्रधानमन्त्री एक्लै होइन मन्त्री र केन्द्रीय सदस्य सबै जिम्मेवार हुनुपर्नेमा भन्दै इतिहासले एक दिन लेख्नेछ” एमाले सरकारमा हुँदा र कांग्रेस प्रतिपक्षमा हुँदा यति मान्छे मरे भनेर लेख्ने तर्क समेत गरेका छन् । उनले समय सधै एकैनाशको नहुने भन्दै एक दिन कुर्सीका लागि मरिहत्ते गर्ने नेताको घैटोमा घाम लाग्ने छ, त्यतिखेर भन्ने छन्, महामारीमा राजनीतिक झगडा गर्नु घातक साबित भयो। ‘

रोजा लक्जम्बर्गले भनेका कुरालाई स्मरण गराउदै अध्यक्ष बिजुक्छेले भने, ‘‘संसारभरका कम्युनिस्ट एक होऊ, एकले अर्कोलाई पछाडि बाट छुरा हान, शत्रुको मुख हेर्नुपरे दाजुभाइको हेर्नु भनेको त्यही हो”। त्यस्तै कोरोना नियन्त्रण गर्न के गुर्नपर्ला भन्ने सवालको जवाफमा उनले भने, प्रदेश र स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन सके कोरोना नियन्त्रण गर्न सकिन्छ। त्यस्का लागि सिमा बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष बिजुक्छेले नेपाललाई भारतले रोटीबेटिको समबन्ध भएको बताउँदै आएपनि कोरोना महामारीका समयमा खोप किन्न दिएको पैसाा लिएर खोप नदिनु विडम्बनापूर्ण भएको बताए । अर्कोतिर विदेशबाट महामारीका लागि आएका स्वास्थ्य सामान भन्सारमा रोकिराखेको भन्दै त्यस्ता दोषिलाई सिधै गोली हान्नुपर्ने तर्क गरे ।

विस्तृत अन्तर्वार्ता आज राति ९ बजे माउण्टेन टेलिभिजन एचडिमा प्रसारण हुनेछ ।

Leave a Reply

ताजा समाचार