आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

हाल लुम्बिनी प्रदेशका थोरै भूभागका साथै देशका पहाडी भूभागमा आंशिक रहेको छ। बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

त्यसैगरी आज राति पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

देशका केही स्थानहरूमा  स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);