काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म नेपालमा ८०.८ प्रतिशत कोरोना संक्रमणबाट निको भएका हुन् ।
देशभर अहिले ८३७ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ८०५ पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको हो ।