थप ५ हजार ३ सय १६ मा कोरोना पुष्टि, १ सय १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

थप ५ हजार ३ सय १६ मा कोरोना पुष्टि, १ सय १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ हजार ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पीसीआर परीक्षणबाट कुल ४ हजार ५ सय २४ र एन्टीजेन परीक्षणबाट ७ सय ९२ गरि कुल ५ हजार ३ सय १६ जना संक्रमित थपिएको जनाएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १ हजार ९९३ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ६ हजार ८६२ जना रहेका छन् भने होम आइसोलेसनमा ९५ हजार १३१ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ७ हजार ५ सय ५५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);