पोखरा । आज गण्डकी प्रदेशमा थप १७ जनाको निधन भएको छ। आज निधन हुनेमा प्रदेशका ७ जिल्लाका रहेका छन्। आज मृत्यु हुनेमा, तनहुँका ४ जना, कास्कीका ४ जना, बाग्लुङ्गका २ जना, लम्जुङ्गका १ जना, म्याग्दीका १ जना, नवलपरासीका ३ जना र स्याङ्जाका २ जना रहेका स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
योसंगै गण्डकीमा मृत्यु हुनेको कूल संख्या ६७८ पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कुल परीक्षण १९४७७० रहेका छन् ।
जसमा संक्रमित ४२५२४, निको भएका ३११९१, सक्रिय १०६५५ र नेगेटिभ १५२२४६ रहेका छन् भने हालसम्म मुस्ताङका १० जना , म्यादीका २५ , मनाङका १९ जना , बाग्लुङका ३९, पर्वतका ४०, स्याङ्गजाका ९० जना, नवलपरासीका ४९ जना, तनहुँका ७६ जना, गोरखाका २८ जना, लम्जुङ्गका १७ र कास्कीका ३०३ जना गरि गण्डकी प्रदेशमा मृत्यु हुने कूल संख्या ६७८ पुगेको निर्देशक शर्माले बताए।