एजेन्सी । चीनमा दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने छुट दिने भएको छ।
चीनमा दम्पत्तीले बढिमा दुई सन्तान मात्र जन्माउन पाउने नियमलाई परिवर्तन गरी तीन सन्तान जन्माउन पाउने कानुन ल्याउने तयारी गरेको छ ।
योसँगै चीनमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत दुई बच्चाको नीतिमा परिवर्तन ल्याउने विषयमा छलफल गरी उक्त नीति स्वीकृति दिएका छन् ।
यस नियम अनुसार यदी कुनै दम्पत्ती तीन सन्तान जन्माउन चाहन्छ भने उक्त छुट चीनीया सरकारले दिने भएको छ ।
चीनमा जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम देखिएपछि नयाँ नियम लागु गर्ने लागेकाे हाे । तथ्यांकमा जनसंख्या वृद्धिदर थप कम देखिएपछि दम्पतीहरुलाई बच्चा जन्माउनका लागि प्रेरित गर्ने नयाँ योजना ल्याउन चीन सरकारमाथि दबाब बढदै गएकाे हाे ।
यसअघि सन् २०१६ मा चीनले एक दम्पत्तीलाई एक सन्तान नीति अन्त्य गर्दै दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो ।