काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर गरिएका परीक्षणमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९ संक्रमितले ज्यान गुमाएका छन् ।