काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।
बालुवाटार स्थित प्रधान मन्त्री निवासमा बस्ने मन्त्री परिषदको बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।
शुक्रबार अबेर राति अन्तिम रूप दिइएको बजेटका सबै दस्ताबेज बजे मन्त्रिपरिषद् बैठकमा पेस गर्निे छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी छ ।




