काठमाडौं । बेलायतले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ ।
बेलायतबाट स्वास्थ्य सामग्री लिएर आज बिहान जहाज त्रिभुवन विमानस्थलमा अवतरण हो ।
बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिकी छिन् । उपलब्ध गराइएकाे सामग्रीमा २६० थान भेन्टिलेटर, १९ हजार २०० आइ प्रोटेक्टर लगायत रहेकाे छ।
बेलायतकै सामाजिक संस्था नेपालमेडयुकेले उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर पनि जहाजमा आइपुगेको छ ।