काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएकाे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत देउवाले डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य रहेको बताएका छन् ।
सभापति देउवाले महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै आन्दोलन सुरु गरेका छन् । चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् ।
भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुव्र्यवहार गरेका थिए ।
यता घटनाको छानबिन गर्न स्थानीय प्रशासनले बिहीबार राति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।