मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना शन्देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना शन्देश

sherdhan rai

मोरङ्ग। प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । बुधवार मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दे विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले बुद्धका उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त समेत व्यक्त गरेका छन् । त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव गर्नमा महत्वपूर्ण योगदान रहेको उल्लेख समेत गरेका छन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);