राष्ट्रपति भण्डारीद्वारा काेराेना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षीसंग आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

राष्ट्रपति भण्डारीद्वारा काेराेना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षीसंग आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउनका लागि पहल गरिदिन भारतीय राष्ट्रपतिलाई पत्राचार गरेकी हुन्।

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ । बाँकी दश लाख डोज खोप आउन बाँकी छ ।

सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो । राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।

त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);