थप आकर्षक सेवा सुविधाकासाथ एनसेलले ल्यायाे वेबसाईट सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

थप आकर्षक सेवा सुविधाकासाथ एनसेलले ल्यायाे वेबसाईट सञ्चालनमा

काठमाडाैं । एनसेलले ग्राहककालागि थप आकर्षक सेवा सुविधाकासाथ वेबसाईट नयाँ स्वरुप सञ्चालनमा ल्याएको छ । नयाँ स्वरुपको वेबसाइटबाट ग्राहकले अब पहिलेभन्दा सजिलो रुपमा भोइस प्याक, डेटा प्याक खरिद, अनलाईन रिचार्ज लगायतका सेवाहरु लिन सक्ने एनसेलले जनाएको छ ।

यो नयाँ वेबसाईटलाई वेब एपको रुपमा स्मार्ट फोनमा राखि उपलब्धसुविधाहरुको फाईदा लिन सकिनेछ । नयाँ वेबसाईटबाट प्याक खरिद गर्ने ग्राहककालागि प्याकको खरिदमा सत प्रतिशत भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेका छन् ।

विशेष अफर अन्तर्गत ग्राहकले वेबसाईटमार्फत प्याकको खरिदमा १ सय ५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाईदा लिन सकिने एनसेलले जनाएको छ । त्यसैगरि ग्राहकहरुले केहि प्याकहरुमा डबल डेटा पाउने र अलवेज अन डेटा प्याक खरिद गर्दा तिन गुणा बढि डे डाटा पाउने पनि एनसेलले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);