वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविकाे आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले वैकल्पिक विधिमार्फत् सुचारु भइरहेका कक्षाहरूलाई निरन्तरता दिने, सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्ने, रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन लागिएको भन्दै विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

अपिलमा कोरोना भाइरस कोभिड–१९ ले उब्जाएको विषम् परिस्थितिले विश्वलाई नै स्वास्थ्य संकटबाट आक्रान्त पारेको अवस्थामा नेपालमा पनि ठूलो जनधनको क्षति भएको र पहिलो लहर सकिनै लाग्दा विश्वविद्यालयले पनि नियमित पठनपाठन र परीक्षाहरू सञ्चालन गर्न थालेको तर महामारीको दोस्रो लहरले विनाशकारी रुप लिँदा पठनपाठन र परीक्षाहरू स्थगित गर्नु परेको उल्लेख गरिएको छ ।

Leave a Reply