काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्रीका कारण पटक पटक सर्वोच्च आउनु परेको बताएका छन् । सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न पुगेका नेता थापाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्रीका कारन पटक पटक न्यायालय आउनु परेको बताए ।
‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुप¥यो ।’संसदको अंकगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरेका छन् ।