सालोको कुटाइबाट आफ्नै भिनाजुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

 

नुवाकोट, १ कार्तिक । नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको ज्यान गएको छ।

मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा सालो श्रीमान तामाङ्को कुटाईबाट ५६ वर्षका प्रतापसिंह तामाङको आफ्नै को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार