संसद विघटन विरुद्धको कानूनी लडाई कायम छ : नेता सोमप्रसाद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

संसद विघटन विरुद्धको कानूनी लडाई कायम छ : नेता सोमप्रसाद पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनका लागि हस्तक्षर गरेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंगको अन्तरक्रियामा आफूहले प्रधानमन्त्री नेपाल बनाउनको लागि भन्दै हस्ताक्षर संकलन गरेको बताए । तर, कांग्रेस र माओवादी केन्द्रसंगको छलफलमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको उनको भनाई छ ।

शुरुमा माधव नेपालाई नै प्रधानमन्त्रीको प्रस्ताव राखेर आफुहरुले हस्ताक्षर गरेका थियौँ, तर पछि प्रधानमन्त्रीको प्रस्ताव कांग्रेस सभापति देउवाले बनाउन भन्ने जानकारी आफूले प्राप्त गरेको बताए । तर हामीले हस्ताक्षर फिर्ता लिएका छैनौँ।

पाण्डेले संविधान अनुसार वैकल्पिक सरकार दिने व्यवस्था कायम रहँदा रहँदै पनि संसद भंग गर्ने काम भयो। त्यसको विरुद्धमा आफू उभिएको पनि पाण्डेले बताए । तर संसद विघटनको विरुद्ध कानूनी लडाई भने कायमनै रहन्छ, पाण्डेले भने ।

प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षरको काम सकिएको छ। प्रधानमन्त्री जो बनेपनि कुनै आपत्ति नुहने उनको तर्क रहको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);