राप्रपा दाङद्वारा ८५ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

राप्रपा दाङद्वारा ८५ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई ८५ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं. ८ अश्वारामा संचालन गरेको (मेट्रो अस्पताल) आइसोलेशन राप्रपाले ८५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

‘हामीले पहिलो चरणमा सबै साथीहरु मिलेर ८५ वटा अक्सिजन सिलिण्डर रिफिल गरिदिएका छौँ,’ केन्द्रिय सदस्य दामोदर भण्डारीले भने,‘ त्यस्तै दैनिक ब्यबस्थापनमा केही समस्या भए सहजिकरण गर्दै जाने छौँ ।’

कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन् । यस महाविपत्तिमा कोही पनि कोभिड विरामीले अक्सिजन अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने तर्फ पार्टी सचेत रहँदै आएको समेत उनले बताए । त्यस्तै उनले यो महामारीको समय सामाजिक उत्तरदायित्वबाट कोही पनि पन्छिन् नमिल्ने भन्दै सबै मिलेर कोभिड विरुद्धको लडाइमा एकताका साथ अगाडी बढ्नु पर्ने बेला आएको समेत बताए ।

त्यस्तै, तुलसीपुर क्षेत्रका पोल्ट्री ब्यबसायी समिति द्वारा अक्सिजन प्लान्ट स्थापनाका लागी सहयोग आर्थिक गरेका छन् । आइतबार तुलसीपुर उद्योग बाणिज्य सघं मार्फत समितिका अध्यक्ष तारा प्रसाद पौडेलले ५१ हजार सहयोग गरेको संघका महासचिव बिनिल केसीले जानकारी दिए ।

महामारीमा आफ्नै ठाउँमा बन्न लाएको अक्सिजन प्लान्ट लाई केहि सहयोग होस् भन्ने उद्देश्यले सघंका अध्यक्ष रामप्रसाद चालिसेलाई ५१ हजारको चेक समितिका अध्यक्ष पौडेलले हस्तान्तरण गरेका हुन् ।

Leave a Reply