यी ५ अवस्थामा कहिल्यै पनी नुहाउन नबिर्सनुस ! | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

एजेन्सी । नुहाउनु शारीरिक स्वच्छता हो । त्यसमा पनि कतिपय अवस्थामा नुहाउनु सारीरिक फुर्तिपनाको लागि राम्रो मानिन्छ । हिन्दु शास्त्र अनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटकसम्म नुहाउनु पर्छ भनि शास्त्रहरुमा उल्लेख छ । नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।

हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनलाई पनि महत्व दिइएको छ । शास्त्र अनुसार यि काम गरिसकेपछि नुहाउनु पर्छ भनि उल्लेख छ । महान दार्शनिक तथा सम्राट चन्द्रगुप्त्का सल्लाहकार थिए । उनले अर्थशांस्त्र, राजनीति शांस्त्र आदिका महान ग्रन्थ लेखेका थिए । उनले जीवनमा जुन-जुन अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै प्रचलित र समय सान्दर्भिक लागु भएका छन् । उनले आफ्नो कुटनीतिक बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाएका थिए । उनको भनाईहरु आज पनि सर्वत्र चर्चामा छन् ।

१) चाणक्यअनुसार, शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि नुहाउनु पर्छ । चाणक्य प्राचिन समयका एक

२) चाणक्यका अनुसार, सम्भोगपछि नुहाउनु आवश्यक हुन्छ। जीव विज्ञान अनुसार सम्भोग आनुवंशीक लक्षणहरुको संयोजन र मिश्रणको एक प्रक्रिया हो, जुन जीवनको भाले वा पोथी हुनुले निर्धारित गर्दछ । सम्भोग कृया थाल्नु अघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । चाणक्यको अनुसार स्वास्थ्यनै ठुलो धन हो । हिन्दु धर्ममा शारीरिक र आत्मिक स्वस्छताका लागि मानिसले सम्भोगपछी नुहाउनु पर्दछ । सम्भोग पछी ननुहाई कुनैपनि धार्मिक कृयामा शामिल हुनु राम्रो मानिन्न।

३) हप्तामा एक पटक पूरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ । यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै राम्रो मानिन्छ।

४) कपाल काटेपछि नुहाउनु पर्छ ।

५) मन्दीरमा पुजा गर्नु जानु भन्दा अगाडी नुहाउनु पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);