काठमाडौंका भुस्याहा कुकुर अमेरिका र क्यानडामा | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौं, १ कार्तिक । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ।

सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन। अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन। उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन्।

तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन्। नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायत देशमा पुगिसकेका छन्। बेवारिसे कुकुरलाई युरोप, अमेरिका पुर्याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको छ। आजको नागरिक दैनिकमा खबर छ।