संसद विघठन गर्नु दुर्भाग्य पूर्ण भएको नेता कोइरालाको भनाई | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

संसद विघठन गर्नु दुर्भाग्य पूर्ण भएको नेता कोइरालाको भनाई

इनरुवा । राष्ट्रपति र प्रधानमन्त्रीले हठातमा संसद विघठन गर्नु दुर्भाग्यपूर्ण भएको १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजिब कोइरालाले बताएका छन् । शनिबार बिहान रासससंगको कुराकानीका क्रममा नेता कोइरालले सो कुरा बताएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा मध्यरातमा गरेको सार्वभौम संसदको विगठन मुलुक र आमा नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको नेता कोरालाले बताए । अहिले देश र जनता विश्वब्यापी फैलिएको कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई झुक्याएर राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा गरेको संसद विगठन दुर्भाग्य पूर्ण भएको उनको भनाई छ ।

कोरोनाको महामारीमा उपचार र अक्सिजन नपाएर जनता मरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेर तमासा गरेको भन्दै नेता कोइरालाले आक्रोस व्यक्त गरे ।

कोरोना महामारीका बेलामा जनतालाई प्राणवायु अक्सिजन, अस्पतालमा अभाव, सिटामोल अभाव भएको बेलामा संसद विगठन गरेर चुनाव घोषणा गर्ने समय नभएको नेता कोइरालाले दाबी गरे ।

कोरोना महामारीको संकट विरुद्द लड्न राष्ट्रिय सहमति जुटाएर जनताको जीवन बचाउन एकजुट भएर लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले देशलाई अनिश्चितताको बाटोमा धकेल्ने कार्य गरेको नेता कोइरालले दाबी गरे ।

जनताले अहिलेको कोरोना महामारीबाट पार पाउनका लागि भ्याक्सिन खोजिरहेको समयमा प्रधानमन्त्रीले जनताको आशा र भरोशामा कुठाराघात गरेको भन्दै नेता अकोइरालले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले आम नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र प्रति नै वितृष्णा उत्पन्न गराउने कार्य भएको दाबी गरे ।

Leave a Reply