काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले एकपक्षीय रुपमा स्थगित गरेकाे छ ।
जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आजका लागि आह्वान गरिएको बैठक अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेकाे हो ।
अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै बैठक अर्काे सुचना जारी नभएसम्मका लागि स्थगित गरेकाे हो । कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण अध्यक्ष ठाकुर पक्षले बैठक बसाउन नचाहेको उपेन्द्र यादव पक्षले आरोप लगाउँदै आइरहेको छ ।