हेटौंडा । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा थाप खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भएका हुन् ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाएका छन् । बादलले पाएको ४५ मतको मतभार २१६० रहेको छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ रहेको छ ।