हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार डा.खिमलाल देवकोटाले एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पछि पारेका छन् । स्थानीय तह तर्फ देवकोटाले एक सय २८ मत पाएका छन् भने बादलले जम्मा एक सय ३ मत पाएका छन् ।
त्यसैगरी नेपकिपाका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । स्थानीय तहको कुल २ सय ३८ मध्ये २ सय ३३ मत मात्र खसेको थियो । प्रदेशसभाको मतगणना भने बाँकी रहेको छ ।