पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले यसअघिकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारजनालाई शपथ खुवाएकी हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै थप तीन मन्त्रीले शपथ ग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।
मन्त्रीमा नियुक्त राजीव गुरुङ काठमाडौंमा भएकाले शपथ ग्रहणमा सहभागी भएनन् ।