काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांस भूभागमा मौसम सामान्य देखि पूर्ण बदली रहने छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “ताउ-ते” को प्रभाव रहेको छ ।
हाल प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भूभागको एक – दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।
देशका कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।