काठमाडौं । जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएको छ ।
बैठकमा देशको वर्तमा परिस्थितिमा विभिन्न विषयमा छलफल गरिने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि विवादको उत्कर्षमा पुगेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी तत्कालका सरकारमा सहभागी नहुने तर राष्ट्रिय सहमति र आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने अवस्था अएका अगाडी बढ्ने जानकारी गराएका थिए ।