काठमाडौं महानगरपालिकाद्धारा नेपाल कोरिया मैत्री अस्पताललाई भेन्टिलेटर सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

काठमाडौं महानगरपालिकाद्धारा नेपाल कोरिया मैत्री अस्पताललाई भेन्टिलेटर सहयोग

भक्तपुुर। काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन थान भेन्टिलेटर मेसिन सहयोग गरेको छ ।
कोरोना भाइरसको महामारीबाट उपत्यका आक्रान्त बनेपछि उपत्यका नगरपालिका साझेदारी कार्यक्रम अन्र्तगत अस्पताललाई संक्रमितको उपचारमा सहजताका लागि भेन्टिलेटर सहयोग गरेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

माहामारीको बेला नगरपालिकाले संचालन गरेको अस्पताललाई दिएको सानो सहयोग पनि महत्वपुर्ण रहेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको भनाई थियो । अस्पतालमा पहिले ७ वटा भेन्टिलेटरको सहायताले संक्रमितको उपचार गरिरहेको र थप तीनवटा भेन्टिलेटर मेसिन सहयोग आएपछि उपचारमा केहि सहजता हुने उनको भनाई छ ।

Leave a Reply