सरकारले सोचे भन्दा कोरोना जोखिम उच्च रह्यो : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

सरकारले सोचे भन्दा कोरोना जोखिम उच्च रह्यो : मन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सोचेभन्दा कोरोना जोखिम उच्च रहेको बताएका छन्। आइतबार कोभिड–१९संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीसंगको प्रतिक्रियामा मन्त्री ज्ञवालीले सरकारले गरेको तयारी भन्दा कोरोना जोखिम उच्च भएको भन्दै जस्का कारन दुई हप्ता निकै कठिन भएको बताए।

मन्त्री ज्ञवालीले अब यो कठिनाई विस्तारै कम हुँदै जाने र सरकारले सक्दो काम गर्ने आश्वासन दिलाएका हुन् । उनले बैठकले सम्बन्धित निकायलाई तदारुकताकासाथ काम गर्न निर्देशन दिएको बताए ।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा देखिएका कानुनी बाधा हटाउँदै अघि बढ्ने निर्णय भएको समेत बताए। उनले नेपाल अहिले कोरोनाको उच्च विन्दुमा पुगेको अनुमान गर्न सकिने बताए ।

Leave a Reply