नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको आग्रह

काठमाडौँ। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ संक्रमणबाट नेपाल नराम्ररी प्रताडित भएकाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् ।

उनले समाजीक सञ्जाल ट्वीटरमार्फत कोभिड–१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसंग आग्रह गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री क्लार्कले ट्वीटमार्फत नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को उच्च पदमा समेत पुगेकी थिइन् । उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन् ।

Leave a Reply

ताजा समाचार