नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको आग्रह

काठमाडौँ। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ संक्रमणबाट नेपाल नराम्ररी प्रताडित भएकाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् ।

उनले समाजीक सञ्जाल ट्वीटरमार्फत कोभिड–१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसंग आग्रह गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री क्लार्कले ट्वीटमार्फत नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को उच्च पदमा समेत पुगेकी थिइन् । उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);