काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको कुनै पनि बैठक नबोलाइएको बताएका छन् ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बावुराम भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठक जारी रहेको बेला ठाकुरले विज्ञप्तिमार्फत कुनै बैठक आह्वान नगरिएको जानकारी गराएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ–‘ जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनी विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालबाट सूचना एवं समाचारहरु सम्प्रेषित भईरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ज
नता समाजवादी पाटी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
जसपाभित्रको मतभेद प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा विश्वासको मत दिने र कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार गठनमा सतहमा देखिन थालेको छ ।
ठाकुर पक्षले शुक्रबार बैठक बोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । सो पश्चात यादव र भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।