अक्सिजन सिलिन्डर लिन नेवानिको जहाज चीन जादै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अक्सिजन सिलिन्डर लिन नेवानिको जहाज चीन जादै

काठमाडाैं । नेपाल वायु सेवा निगमको जहाज शनिबार राति ११ बजे सिलिन्डर लिन चीन जाने भएको छ ।

चीन सरकारले दिएको सिलिन्डर लिन दोस्रो पटक निगमको जहाज चीन जान लागेको हो । अब जेठ १ गतेदेखि ४ गते सम्म निरन्तर चीनका उडान हुने भएको छ । एक उडानमा ४ सय सिलिन्डर ल्याउन सकिने भएकाले चार दिनसम्म निरन्तर उडान गरेर १६ सय सिलिन्डर ल्याउने तयारी भएको बताईएको छ ।

त्यसैगरी गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरूप प्राप्तहुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन एयरलायन्सको जहाज शनिबार बिहानै गइसकेको छ ।

यसअघि अक्सिजन सिलिन्डर लिनका लागि नेपाल वायुसेवा निगमको गत सोमबार एयरबस ३३० जहाज गएर मंगलबार ४ सय सिलिन्डर, १० भेन्टिलेर र १७० अक्सिजन कन्सर्नट्रेटर ल्याएको थियो ।

बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती उपलब्ध गराएको हो ।

कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । सिलिन्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);