व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगियो भन्नु निराधार हो : प्रहरी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगियो भन्नु निराधार हो : प्रहरी

Nepal-police

काठमाडौं । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने आरोप निराधार भएको बताएको छ ।

नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि लगेको भन्ने आरोप मिथ्या र निधार भएको पुष्टि गरेको हो ।

महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने जस्ता कपोलकल्पितः आरोपमा कुनै सत्यता नभएको र विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु आफैंमा दुःखद रहेको उल्लेख गरेका छन् ।

बिहीबार काठमाडौंको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीका उच्च अधिकारीहरूले नै अक्सिजन लग्दा ट्रमा सेन्टरले पाउनुपर्ने अक्सिजन नपाएको बताएका थिए । त्यस्लगतै प्रहरीले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न विज्ञप्ति नै जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);