काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरी नसकेको बताएका छन् ।
शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड–१९ विरुद्धको खोप लगाएर बाहिरिंदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।
आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसंग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने संचारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए ।
बिहीबार पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीसंग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिईसकेको उनको भनाई छ ।