अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग घोषणा

काठमाडौं । अमेरिकाद्वारा कोभिड–१९ विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले कोभिड–१९ विरुद्ध लड्नका लागि अक्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

कमान्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । चीन, अमेरिका लगायत देशबाट सहयोग प्राप्त भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);