तुलसीपुरले अक्सिजनको अभावलाई रोक्न तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

तुलसीपुरले अक्सिजनको अभावलाई रोक्न तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने

दाङ। जिल्लामा अक्सिजन सिलिण्डर अभाव भइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनको अभावलाई रोक्नका लागि तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने भएको हो ।

कोरोना संक्रमण भयावह बन्दै जान थालेपछि आपतकालिन रुपमा बुधवार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै उपमहानगरले आइसोलेशनका लागि एक सय अक्सिजन सिलिण्डर खरिद गर्ने र पीसीआर जाँचका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको उपमहानगरका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५÷५ वटा अक्सिजन सिलिन्डर र २÷२ वटा अक्सिजन कन्स्ट्रेटरको व्यबस्थापन गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै आइसोलेसन सञ्चालनको लागि १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत, स्वास्थ्य सामग्री र औषधिको ब्यबस्थापन लगायत यी सबै काम गर्न ५ करोडको कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने, संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोडको सहयोग गर्न अनुरोध गर्ने, एम्बुलेन्स र सब बहानको व्यबस्थापन गर्ने निर्णय गरेका मेयर पाण्डेले जानकारी दिए ।

उपमहानगरमा यहि बैशाख १ गतेदेखि २९ गते सम्म २ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ति मध्ये ८९८ जना निको भएका छन्, भने ११ जना महिला र २२ जना पुरुष गरी ३३ जनाको मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

हाल उपमहानगरमा ६७० जना महिला र ८९१ जा पुरुष गरी १५६१ जना सक्रिय संक्रमितहरु रहेको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply