राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैं, दलहरु अलमलमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैं, दलहरु अलमलमा

काठमाडौँ। नयाँ सरकार गठनका लागि राष्ट्रपति दिएको समयसीमा आज सकिदैं, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि बहुमत जुटाउन कठिन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ ।

सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको हो ।

समयसीमा घर्किदै गएसँगै दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी छ तर कुनै दलले बहुमत जुटाउन सकेका छैनन् । खास गरी नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाउँदै छलफललाई तीब्रता दिएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन ।

अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ । जसपाको ठाकुर पक्ष काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा नदेखिँदा कांग्रेस अलमलमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);