काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।शैक्षिक सत्र २०७७÷७८ का लागि नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ ।
जसअनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम कायम गरेको छ ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/05/Chikitsa-Aayog-Statement-1.jpg?resize=463%2C675&ssl=1)