अक्सिजन आपूर्तिमा सहज बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

अक्सिजन आपूर्तिमा सहज बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्काल अक्सिजन आपूर्ति सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्तिका लागि भन्दै मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

Leave a Reply