१० बर्षपछि हर्ष उल्लासका साथ कांग्रेसमै फर्किए गच्छेदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसबाट छुट्टिएर गएको १० वर्षपछि विजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरम पुन मल घर नै फर्किएको छ। गच्छेदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली कांग्रेसमै बिलय भएको हो।

नेपाली कांग्रेससंग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमै पूर्ण रुपमा विलय हुने छ। नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ।

आइतबार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन। पार्टी एकिकरणको दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

देशमा अधिनायकवादको खतरा समेत रहेको अवस्थामा बलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ। पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए। नेपाल लोकतान्त्रिक फोरमका पनि सिंगो केन्द्रीय समिति र विभिन्न तहका नेताहरु सहभागि थिए।

एकता घोषणा कार्यक्रममा आउँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सभापति देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदारलाई कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरेका थिए। एकता कार्यक्रममा लोकतान्त्रिक फोरमका सबै नेताहरुलाई सभापति देउवा र वरिष्ठ नेता पौडेल सहितका नेताहरुले स्वागत गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);