पद बाँडफाँडपछि पक्का भो कांग्रेस र लोकतान्त्रिक फोरमको मर्ज, केहीबेरमा कार्यक्रम हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

काठमाडौं, ३० असोज । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सोमवार नेपाली कांग्रेसमा एकीकरण हुने भएको छ। यसअघि गच्छदार कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम आइतवार अन्तिम समयमा आएर स्थगित भएको थियो।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पार्टी एकीकरणको लागि भन्दै आइतवार साझ साढे ५ बजे बालुवाटारमा पत्रकारहरुलाई आमन्त्ररण गरेको थियो। तर कतिपय बिषयमा सहमति जुटन नसक्दा हिजोको कार्यक्रम स्थगित भएको थियो।

आज एक बजेका लागि पार्टी एकता कार्यक्रम तय भएको छ। गच्छदारलाई कांग्रेसमा महामन्त्री दिने सहमति भइसकेपनि अन्य नेताको कसरी व्यबस्थापन गर्ने भन्ने बिषयमा सहमति जुटिसकेको थिएन।